मानव सभ्यताको समुन्नती र सम्पन्नतामा वातावरणीय संरक्षण र विकासको महत्वपूर्ण भूमिका रहन्छ। हरेक व्यक्ति वातावरणसँग सम्बन्धित क्रियाकलापमा सक्रिय सहभागी हुन आवश्यक छ, जसका लागि माटो, वनस्पति र पशुपंक्षीहरूसँग प्राकृतिक सन्तुलन कायम गर्नु पर्दछ। मानव जीवनको समृद्धि मुख्यतया कृषिजन्य क्रियाकलाप र तिनसँग सम्बन्धित विकास निर्माणमा आधारित छ।तर, अप्राकृतिक कृषिगत क्रियाकलापहरूले माटोको उर्वराशक्ति दिन प्रतिदिन घटाउँदैछ। रासायनिक मलखाद र विषादीको अत्यधिक प्रयोग, जेनेटिक मोडिफाइड हाइब्रिड बीउको प्रयोगले माटोको जैविक गुणस्तरलाई बिगार्दैछ। माटोको समुचित विकास, वाली संरक्षण र वैज्ञानिक उत्पादन वितरणको अभावले माटोको स्वास्थ्य खस्किँदैछ।
प्राकृतिक उर्वरकको महत्त्व
माटोको उर्वरा क्षमता बढाउन जैविक तत्वहरू आवश्यक हुन्छन्। जैविक माटो भन्नाले वनस्पति र प्राणीका अवशेषयुक्त माटोलाई बुझिन्छ, जसलाई सूक्ष्म जीवाणुले खाएर वनस्पति र प्राणीका लागि पोषण तत्वमा परिणत गर्छन्। रासायनिक तत्वहरूको अत्यधिक प्रयोगले भने माटोको जैविक संसारलाई नष्ट गर्छ, जसले गर्दा माटोको प्राकृतिक उर्वराशक्ति घट्छ।
अब, माटोलाई पुनः उर्वर बनाउन सूक्ष्म जीवाणुहरूको जैविक संसारको विकास हुनु जरुरी छ। सूक्ष्म जीवाणुहरू दुई वर्गमा विभाजित हुन्छन्: लाभदायक र हानिकारक। लाभदायक सूक्ष्म जीवाणुहरूलाई प्रोबायोटिक भनिन्छ। सबैभन्दा प्रभावकारी प्रोबायोटिक भनेको प्राकृतिक प्रोबायोटिक हो।
प्राकृतिक प्रोबायोटिकको संरक्षण र उपयोग :
प्राकृतिक प्रोबायोटिकको गुणस्तर कायम राख्न यसको नस्ल संरक्षण, अन्य सूक्ष्म जीवाणुहरूको संक्रमणबाट जोगाउने उपायहरू अपनाउनुपर्छ। यसका लागि सूक्ष्म जीवाणु विज्ञ र प्रयोगशालाको महत्वपूर्ण भूमिका हुन्छ। हाम्रो कम्पनीले विकास गरेको प्राकृतिक प्रोबायोटिक (नेटप्रो) यी मापदण्डलाई ध्यानमा राखेर उत्पादन गरिएको हो, जुन देशभर प्रयोगमा ल्याइँदैछ।
प्राकृतिक प्रोबायोटिकलाई माटोमा मलको रूपमा छर्ने, वनस्पतिमा स्प्रे गर्ने, र पशुपंछीहरूको आहारा तथा पानीमा मिसाएर प्रयोग गर्न सकिन्छ। यसको प्रयोगले माटोको जैविक गतिविधिमा वृद्धि गर्दै हानिकारक सूक्ष्म जीवाणुहरूलाई परास्त गर्छ। वनस्पतिहरूमा यसको स्प्रेलाई पौष्टिक तत्वको स्रोतका रूपमा लिइन्छ, जसले गर्दा वनस्पतिको पोषण प्राप्त हुन्छ र हानिकारक जीवाणुहरूको संक्रमण रोक्न मद्दत पुर्याउँछ।पशुपंछीको शरीरमा यसको सेवनले पोषण तत्व, इन्जाइम तथा हर्मोनको सन्तुलन कायम राख्छ र प्रणालीहरूको कुशलता बढाउँछ। यसले पशुपंछीहरूलाई हानिकारक सूक्ष्म जीवाणुहरूको संक्रमणबाट पनि जोगाउँछ।
निष्कर्ष
यसर्थ, प्राकृतिक प्रोबायोटिक माटो, वनस्पति, र पशुपंछीका लागि जीवनको महत्त्वपूर्ण आधार हो। यसको प्रयोगले कृषि र पशुपालनको क्षेत्रमा गुणस्तरीय सुधार ल्याउँदै दीर्घकालीन समृद्धिको सुनिश्चितता प्रदान गर्न सक्छ।
