वातावरण: पृथ्वीको संरचना प्राकृतिक रूपमा बोटबिरुवा, जनावर र मानव समुदायको समृद्धिका लागि पूर्ण छ। यस पूर्ण सूचकलाई वातावरणीय मापन भनिन्छ। समुदायले नियमित शिक्षा र प्रभावकारी अभ्यासका लागि व्यवसायिक तालिमको आवश्यक हुन्छ, जसले वातावरणीय मापनको दिगो र भरपर्दो संरक्षणमा मद्दत पुर्याउँछ। देशको समृद्धिको मापन पनि वातावरणीय सम्पदाको विविधता, यसको संरक्षण, समृद्धि र शिक्षामा आधारित छ। जहाँ वातावरणीय सम्पदामा विविधता छ, त्यहाँ कृषिको विकासमा पनि विविधता र समृद्धि बढ्छ।
नेपाल हाम्रो देश वातावरणीय सम्पदामा उच्च विविधता भएको देश हो। हामीलाई चाहिने भनेको शिक्षा र व्यावहारिक व्यवसायिक अभ्यास मात्र हो।
कृषि: नेपालमा कृषि शृष्टिको मुख्य वरदान हो, फेरि संसारमा व्यापारको पहिलो स्थान कृषिलाई नै दिइएको छ। अब नेपालको समृद्धिका लागि वातावरणीय मापनमा आधारित कृषि मात्र व्यवसायिक र दिगो हुन सक्छ। हामी नेपालीलाई शिक्षा र व्यावहारिक अभ्यासको खाँचो हरेक क्षेत्रमा महसुस भइरहेको छ।
तर, भौगोलिक विविधताले पनि समृद्धिमा महत्व राख्छ। हाम्रो देश विश्वमा भौगोलिक विविधतामा अग्रणी स्थानमा छ। भौगोलिक विविधता भएको स्थानमा वातावरणीय कृषि समान र दिगो विकासका लागि
यातायातको ठूलो महत्व छ। सडक यातायात र हवाई यातायातको विकास जटिल छैन। देशको अधिकांश बजेट अनपेक्षित रूपमा खर्च भइरहेको छ र अन्य विकासका शीर्षकहरू ओझेलमा परेका छन्, जसले गर्दा देशको विकासको स्थिति अन्त्यतिर पुग्दैछ।
यातायात: त्यसैले नेपालमा भरपर्दो, दिगो र छिटो प्रविधिको आवश्यकता भएको छ। विश्व बजारमा स्मार्ट पेड गाडी, स्मार्ट पेड यातायात विधि, स्मार्ट पेड रेलको विकास तीव्र रूपमा भइरहेको छ। यो प्रविधि नेपालमा पनि लागू गर्नुपर्छ। यसले हिमाल, पहाड र तराईका सबै क्षेत्रमा, जङ्गल, जमिन र घरमा कुनै अवरोध बिना पुग्न सक्छ। नदीमा पुल चाहिँदैन, यदि स्थानहरूमा ट्रान्जिट स्टेसनहरू राखिए भने, कृषिको विकास, पर्यटन, स्वास्थ्य, शिक्षा र व्यापार तीव्र रूपमा अघि बढ्नेछ।
अब, हरेक नेपालीले जनताको जीविकोपार्जनको मापदण्ड उकास्नका लागि अधिकतम व्यावहारिक र व्यवसायिक पहलमा समर्पित हुनु अत्यावश्यक छ।
