सहयोग चाहिएमा ?

फारम भर्न वा सेवाहरूको बारेमा सहयोग चाहिएको छ? चिन्ता नलिनुहोस्! हाम्रो कर्पोरेट अफिसमा कल गर्नुहोस्, र हामी तपाईंलाई सहयोगका लागि हाम्रो टोलीका सदस्यसँग जोड्नेछौं।

9856016009

पशुपालन विकास प्रवर्द्धन

पशुपालन नेपालको ग्रामीण अर्थतन्त्रको महत्वपूर्ण आधार हो। पशु सम्पत्तिले कृषकहरूलाई मात्र होइन, समग्र देशको खाद्य सुरक्षा, पोषण र आर्थिक सशक्तिकरणमा ठूलो योगदान पुर्याउँछ। पशुपालनलाई व्यवस्थित र वैज्ञानिक रुपमा विकास गर्दै कृषकहरूको आय वृद्धि गर्ने उद्देश्यले हाम्रो संस्था निरन्तर कार्यरत छ।

हाम्रो उद्देश्य:

  • उत्पादन वृद्धि: आधुनिक प्रविधि प्रयोग गरी दुध, मासु, अण्डा, ऊन र अन्य पशुजन्य उत्पादनको वृद्धि।
  • वैज्ञानिक पशुपालन: व्यवस्थापन र प्रजनन कार्यक्रममार्फत उत्पादकत्व सुधार।
  • पशु स्वास्थ्य सुधार: निरन्तर निगरानी र प्राविधिक सहयोग।
  • तालिम र जानकारी: कृषकलाई पशुपालनमा आत्मनिर्भर बनाउने तालिम र जानकारी।

 

हाम्रो सेवाहरू:

  • प्राविधिक परामर्श: पशुपालन सम्बन्धी विज्ञहरूको सल्लाह।
  • तालिम कार्यक्रमहरू: कृषकहरूको लागि तालिम र कार्यशालाहरू।
  • उत्पादन प्रवर्द्धन: बजारीकरण र सहयोग।
  • स्वास्थ्य व्यवस्थापन: नियमित स्वास्थ्य परीक्षण र औषधि सेवा।

`

तपाईलाई चाहिने सहयोगको लागि हामीसँग सम्पर्क गर्नुहोस्: पशुपालन विकासमा थप जानकारी, तालिम, वा परामर्शको लागि हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। हाम्रो उद्देश्य ग्रामीण क्षेत्रमा समृद्धि ल्याउनु हो

पशुपन्छी विकास र विस्तार: व्यवसायिक दृषिकोण

पशुपन्छी पालन नेपालको ग्रामीण क्षेत्रको आर्थिक उत्थानको महत्वपूर्ण स्रोत हो। व्यवसायिक रुपमा पशुपन्छी पालन, उत्पादन, र वितरणलाई व्यावसायिक दृषिकोणमा लगेर नयाँ आयाम दिन हाम्रो संस्था प्रतिवद्ध छ।

मासु उत्पादन र प्रजनन:

बाख्रा, बंगूर, कुखुरा, माछा लगायत विभिन्न पशुपन्छीको व्यवसायिक पालन प्रवर्द्धन।

दुग्धजन्य उत्पादन

गाई, भैंसी पालनद्वारा वैज्ञानिक विधिमा दुध उत्पादनको वृद्धि।

प्राविधिक सेवा:

पशुपालन, प्रजनन, र उत्पादनका लागि परामर्श सेवा र साझेदारीको अवसर।

 

उद्योग स्थापना:

डेरी उद्योग, छुर्पी उत्पादन, र अन्य दुग्धजन्य व्यवसायको स्थापना।

वितरण व्यवस्थापन:

डिजिटल प्रविधिको प्रयोगद्वारा गुणस्तरीय आपूर्ति र निर्यात प्रवर्द्धन।