सहयोग चाहिएमा ?

फारम भर्न वा सेवाहरूको बारेमा सहयोग चाहिएको छ? चिन्ता नलिनुहोस्! हाम्रो कर्पोरेट अफिसमा कल गर्नुहोस्, र हामी तपाईंलाई सहयोगका लागि हाम्रो टोलीका सदस्यसँग जोड्नेछौं।

9856016009

पर्यापर्यटन विकास

पर्यावरणीय संरक्षण र दीर्घकालीन विकासलाई प्राथमिकता दिँदै, हाम्रो उद्देश्य व्यवसायिक पर्यापर्यटनको माध्यमबाट देशका प्राकृतिक सौन्दर्य, जैविक विविधता, र सांस्कृतिक धरोहरलाई प्रबद्वन गर्नु हो। यो अवधारणा अन्तर्गत, देशभरका सबै प्रकारका वन क्षेत्रहरू — राष्ट्रिय, सामुदायिक, धार्मिक, साझेदारी र निजी वनहरू — संग समन्वय गरी पर्यावरणीय मापनमा आधारित दीर्घकालीन मेघापर्यटन परियोजना लागू गरिनेछ।हामी वैज्ञानिक वन व्यवस्थापन, व्यवसायिक पर्याभिलेज र पर्यापर्यटनको विस्तारमा जोड दिंदै, स्थानीय समुदाय र पर्यटकहरूलाई आकर्षित गर्न कार्यरत छौं। यसमा पर्यावरणीय अध्ययन, अनुसन्धान, र पर्यटनका लागि सुरक्षित तथा आकर्षक संरचनाहरू निर्माण गरिनेछ, जस्तै सुरक्षित होटल, रेस्टुरेन्ट, जंगल सफारी, वन्यजन्तु अवलोकन, र पिकनिक स्थलहरू।

पर्यावरणीय मापनका लागि विश्वभरका विज्ञहरूको सहयोगमा हामी वन्यजन्तु, जैविक विविधता, जलाधार संरक्षण, जलवायु परिवर्तन, र विपद व्यवस्थापनजस्ता क्षेत्रमा खोज अनुसन्धान गरी पर्यावरणीय सन्तुलन कायम राख्न अग्रसर छौं। यसका साथै, व्यवसायिक कृषि, जैविक उत्पादनहरू, र सामुदायिक वन व्यवस्थापनमा प्रविधिको प्रयोग गर्दै, दीर्घकालीन फाइदाका लागि वातावरणीय संरक्षणको महत्वपूर्ण भूमिका खेल्नेछौं।हाम्रो अभियानमा स्थानीय समुदायहरूको संस्कार, संस्कृति, कला र शिपको जगेर्ना गर्दै उनीहरूको जीवनस्तर सुधार्ने तथा पर्यावरणीय सन्तुलन र सामाजिक विकासमा योगदान पुर्याउने प्रमुख उद्देश्य रहेको छ।

पर्यावरण संरक्षण र विकास:

प्राकृतिक सुन्दरताको संरक्षण गर्दै दीर्घकालीन परियोजनाहरू मार्फत जंगल, पहाड, खोला, र विविध भौगोलिक स्थानहरूको विकास।

नवीन वैज्ञानिक वन व्यवस्थापन:

राष्ट्रिय, सामुदायिक, र निजी वनहरूमा वैज्ञानिक वन व्यवस्थापन लागू गरी पर्यापर्यटनको प्रबर्द्धन।

विज्ञहरूको समावेश:

पर्यावरण, पर्यटन, र जैविक विविधतामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूको सहयोगमा अनुसन्धान र विकास।

सामुदायिक वनमा पर्यापर्यटन:

सामुदायिक वनहरूमा पर्यापर्यटनको विकास गर्दै, स्थानीय समूहलाई व्यावसायिक अवसरहरू सृजना गर्ने।

संस्कृति संरक्षण र सामुदायिक उन्नति:

स्थानीय समुदायको संस्कृति, कला, र शिल्पको संरक्षण गर्दै रोजगार सृजनामा योगदान।

जैविक कृषिको प्रवर्द्धन:

जैविक कृषि प्रविधिको विकास गर्दै स्वस्थ जीवनशैली र जैविक उत्पादनहरूको बजार विस्तार।