
स्मार्ट बोटानिकल एण्ड पशुपंछी केन्द्रः पर्यापर्यटन, कृषि र स्मार्ट यातायातका सबै प्राविधिक, प्रर्वद्धनात्मक कार्यक्रमहरु र विकासको लागी अध्ययन अनुसन्धान र आविस्कारहरुका लागी पर्यावरणीय मैत्री, प्राकृतिक मनोरमताले परिपूर्ण, सुन्दर वरवगैचा र पशुपंछीहरु सहितका रिसार्ट टेक्नो पार्कको विकास र विस्तार गरिने छ।
पर्यावरणीय मनोरम गन्तव्य केन्द्रः आन्तरिक तथा वाह्य पर्यटकहरुका लागी आर्कषक केन्द्रको विकास गरि नेपालको मौलिककता झल्कने र पहाडी मुलुकको विकासका नमुना देखाउने किसिमको गौरवशाली गन्तव्य विकास गरिने छ।
स्मार्ट पड आविस्कार तथा विकास केन्द्रः नेपालको आन्तरिक वास्तविकता अनुसार विकासका लागी यातायातमा खट्किएको वाधा लाई सरल र वैज्ञानिक स्मार्ट पद्धतीको यातायात प्रणाली स्मार्ट पड यातायात लाई विकास गर्न आवश्यक सबै पूर्वाधारहरु, निर्माणका कार्यहरु, आविस्कार र अनुसन्धानका कार्यहरु विकास गरिनका लागी टेक्नो पार्क स्थापना गरिने छ।सबै इच्छुक महानुभवहरुमा मुलुकमा खट्किएको अति महत्वपूर्ण यस व्यवसायिक अभियानमा विधिवत तवरले शेयर खरिद गरि संचालक सदस्यका लागी आहृवान गदछौ ।

