हाम्रो बारेमा

प्रकृति र प्रविधिको संगम, सामूहिक समृद्धिको यात्रा!

सुमिरा इको एग्रोटुरिजम एण्ड एभियसन प्रा.लि. एक नवोन्मेषी कम्पनी हो, जो पर्यावरणमैत्री कृषि, पर्यटन, र प्रविधिमा केन्द्रित छ। हाम्रो लक्ष्य प्राकृतिक स्रोतहरूलाई संरक्षण गर्दै, स्थानीय समुदायको आर्थिक विकासमा योगदान गर्नु हो। पोखरा चाउथेमा स्मार्ट पार्क र थर्पु तनहुँमा टेक्नो पार्कको निर्माणमार्फत, हामी ११ जिल्लामा कृषि, पर्यटन, स्वास्थ्य, र व्यापारमा आमूल परिवर्तन ल्याउने योजनामा छौं। हामी सहयोगात्मक साझेदारी मोडलमा विश्वास गर्छौं, जसले आर्थिक विकासमा स्थिरता र गति प्रदान गर्दछ। हाम्रो यात्रा साथमा सामूहिक समृद्धिका लागि सुरु भएको छ।। हाम्रो यात्रा टिकाऊ भविष्यतर्फको छ, जहाँ प्रकृति र प्रविधि एक साथ अघि बढ्छन्।

Message from the President

Message from the President


म सुमिरा इको एग्रोटुरिजम र एभिएशन प्रा. लि. को निर्देशकको रूपमा तपाईंलाई स्वागत गर्न पाउँदा अत्यन्त खुशी छु। हाम्रो कम्पनीको मुख्य उद्देश्य प्राकृतिक सौन्दर्य, जैविक विविधता, र दीर्घकालिक विकासको प्रवर्द्धन गर्दै समुदाय र वातावरणको संरक्षण गर्नु हो।

नेपालको समृद्ध प्राकृतिक स्रोतहरूको प्रयोग गर्दै, हामी पर्यटन र कृषि क्षेत्रलाई समायोजन गरेर दिगो विकासको नयाँ सम्भावनाहरू सिर्जना गर्ने लक्ष्य राख्छौं। हामीले अत्याधुनिक प्रविधिहरूको प्रयोग गर्दै स्थानीय कृषकहरूको जीवनस्तरमा सुधार ल्याउने, उनीहरूको आम्दानीमा वृद्धि गर्ने र पर्यावरणीय शिक्षा र सचेतनामा योगदान गर्ने योजना बनाएका छौं।

हाम्रो यात्रा सँगै अघि बढ्नको लागि, तपाईंको योगदान र सहयोग अत्यन्त महत्त्वपूर्ण छ। हामी सबै मिलेर एक स्थायी र दिगो भविष्यको लागि काम गरौँ। हामीलाई विश्वास छ कि सँगै गरिएका प्रयासहरूले हाम्रा समुदाय र पर्यावरणमा सकारात्मक प्रभाव पार्नेछन्।

सधैं सकारात्मक सोच र समर्पणका साथ अघि बढ्नको लागि तपाईँलाई धन्यवाद।

- निर्देशक,
सुमिरा इको एग्रोटुरिजम र एभिएशन प्रा. लि.

हाम्रो उद्देश्य

टिम मेम्बर

हाम्रो टिम